२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गठित नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय कमिटीले सल्लाहकार चयन गरेको छ ।

शनिबार बसेको संगठनको पहिलो बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।संगठनका अध्यक्ष बलबहादुर पाण्डेको अध्यक्षतामा भएको बैठकले सल्लाहकारमा पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले र अध्यापक गुणाखर गैरेलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो । बैठकले विश्वविद्यालयमा नवनियुक्त रजिष्ट्रार डा. तिलकराम आचार्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ ।

त्यस्तै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सजग र सचेत रहन आग्रह समेत गरेको छ । बैठकले विश्वविद्यालयको विकासका लागि गर्नुपर्ने काम र अध्यापनरत शिक्षकहरुको समस्याहरु सुत्रबद्ध गर्नका लागि कार्यदल गठन गरेको छ । संगठनका उपाध्यक्ष दयाराम गौतमको संयोजकत्वमा बनेको कार्यदलमा मेघनाथ खनाल, केशवराज अर्याल, चुरामणि पोखरेल र कमल मरासिनी सदस्य रहेका छन् । कार्यदलले अध्यापनरत आंशिक, करार शिक्षकका समस्या समाधान र विश्वविद्यालयका शैक्षिक एवं भौतिक विकासका लागि गर्नुपर्ने कामको सूचिसहितको प्रतिवेदन बनाउनेछ ।

त्यो प्रतिवेदन सुझावका रुपमा विश्वविद्यालयमा पेश गरिने अध्यक्ष पाण्डेले जानकारी दिए । बौद्ध विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरुको भेलाले गठन गरेको संगठन १३ सदस्यीय रहेको छ । अध्यक्षमा बलबहादुर पाण्डे, उपाध्यक्षमा दयाराम गौतम र कुमार खड्का, सचिवमा दामोदर घिमिरे, सहसचिवमा मेघनाथ खनाल र केशवराज अर्याल, कोषध्यक्षमा अन्जु खनाल रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा मोहनलाल भण्डारी, चुरामणि पोखरेल, राजिवजंग शाह, कमल मरासिनी, शंकर गौतम र कृष्णबहादुर कार्की रहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ३८ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग