२२ पुस २०८१, सोमबार | January 6, 2025

पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने



काठमाडौ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वभर फैलिँदै गएपछि सरकारले सुरुमा पाँच देश र पछि थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गरेपछि मात्र सम्बन्धित देशको दूताबासमार्फत भिसा लिनुपर्ने र नेपालमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

तर बुधबार मात्र डब्लूएचओले कोरोना भाइरसले महामारीको रुप लिएको घोषणा गर्‍यो । लगतै अमेरिकाले बेलायत बाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गर्‍यो ।

सीमा नाका सिमित बनाइने

भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ । यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।

बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । ‘सम्भव भएसम्म घनाबस्ती भन्दा पर व्यवस्था गर्ने गरी काम गर्ने भनेका छौं’ उहाले भन्नुभयो, ‘आवश्यक परे सैनिक सुरक्षाकर्मीले थप व्यवस्था गर्ने र तत्काल संरचना बनाउन सक्ने गरी जान्छौं ।

स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडत्रस, स्टाकाउट लगायतका संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सक्ने गरी तयारी गर्ने निर्णय भएको छ । ‘अहिले नै टेकअफको स्टेजमा होइन, तर पूर्वतयारी हो’ उहाले भन्नुभयो ।

उच्चस्तरीय समन्वय समितिको बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित निर्णय भएको छ ।

तर विद्यालय तथा कलेजहरु भने बन्द नगर्ने निर्णय भएको छ । संक्रमण देखिहालेमा यसबारे तत्काल नै निर्णय गरिनेछ । समितिले राजनीतिक भेलाका साथै विवाह भोजभत्तेर कम गर्न समेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ३० बजे

३४ इजरायली बन्दीलाई रिहा गर्न हमास तयार

गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको

माओवादी केन्द्रीय समितिको बैठक पुस २४ सम्म लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४

महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि

आज रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

जुम्ला । जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३०