८ बैशाख २०८२, सोमबार | April 21, 2025

महिला दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा स्वास्थ्य शिविर



बुटवल । रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुलक दण्त परिक्षण शिविर सञ्चालन गरिएको हो ।

बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्डल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

पहिलो दिन आइतबार १ सय ७ जनाको उपचार गरिएको डाक्टर महिमा भुसालले जानकारी गराउनुभएको छ । डाक्टर महिमा भुसालका अनुसार दांत, मुख र गिजाको समस्या भएका बिरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधीसमेत उपलब्ध गराइएको छ ।

दुइ दिनसम्म चल्ने उक्त स्वास्थ्य शिविरमा डाक्टर दिनेश दर्नाल, डाक्टर महिमा भुसाल र डाक्टर तिर्थनारायण शाहाले चेकजांच गर्नुभएको थियो ।

३ सय बढी जनाको दांत, मुख र गिजाको उपचार गर्ने लक्ष्य अनुसार पहिलो दिन १ सय ७ जनाको उपचार गरिएको लर्डबुद्व डेण्टल क्लिनिक सञ्चालक पे्रम शर्माले जानकारी गराउनुभयो । अत्याधुनिक प्रविधिबाट दांत, मुख र गिजाको उपचार गरिएको सञ्चालक शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : १६ बजे

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश

वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन

दानव नदीमा डुबेर तीन बालक बेपत्ता

भैरहवा । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका