८ बैशाख २०८२, सोमबार | April 21, 2025

सीमा नाकामा आवतजावत र कालोबजारी गर्नेविरुद्ध निगरानी बढाउन गृहमन्त्रीको निर्देशन



काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने भएको छ ।

माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिनुभएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो । उहाका अनुसार कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ३५ बजे

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश

वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन

दानव नदीमा डुबेर तीन बालक बेपत्ता

भैरहवा । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका