८ बैशाख २०८२, सोमबार | April 21, 2025

अर्थ र राजनीतिमा लैंगिकता खोजौं



बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिक र जवाफदेयी पत्रकारिताले मात्रै समाज बदल्न सक्ने बताउनुभएको छ । त्यसकालागि पत्रकारितामा सबै वर्गको सहभागीता एवं सीप र दक्षता बढाउनुपर्ने उहाले बताउनुभयो ।

युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित दिगो विकाशको लक्ष्य प्राप्तिका लागि लैंगिक तथा सामाजिक समावेशीकरण खोजमूलक समाचार लेखन कार्यशालामा समापनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । लैंगिकता र समावेशीकरणका विषय पत्रकार महिलाहरुले उठाउदा थप प्रभावकारी हुने भन्दै मन्त्री बरालले यसलाई निरन्तर उठाउने र खबरदारी गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले बनाएका नीति, कार्यक्रम, बजेट लगायतमा समेत लैंगिकता र सामाजिक समावेशीकरणका सवाललाई उठाउन उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर खरेलले पत्रकार महिलाहरुको संख्या र क्षमता दुवै बढेमात्र लैंगिकमैत्री संचारमाध्यममा बन्ने बताउनुभयो । त्यसकालागि पत्रकार महिलाहरुको व्यवसायीक सीप र क्षमता बढाउन लगानी गर्ने उहाले बताउनुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्लेले दिगो विकासका लागि लैंगिक तथा सामाजिक समावेशीकरणमा आधारित विकास र पत्रकारिता आवश्यक रहेको बताउनुभयो । विकास र संचार दुवैमा लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उहाले आग्रह गर्नुभयो ।

युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले लैंगिकता तथा सामाजिक समावेशीकरणका विषय उठानले पनि दिगो विकासका धेरै उद्धेश्य छुने बताउनुभयो । दिगो विकासका लक्ष्यलाई स्थानीकीकरण र नागरिकका आवश्यकतासंग जोडेर संचार वकालत गर्न उहाले सुझाब दिनुभयो ।

संचारिका समूहका प्रदेश महासचिव अमृता अनमोलले ओझेलमा परेका विषयलाई मूलधारमा ल्याउन र नीतिनिर्माणकर्तालाई झकझकाउन पत्रकार महिलाका लागि छुट्टै तालिम संचालन गरेको बताउनुभयो । यसले दीगो र भरपर्दो माध्ययमबाट आर्थिक र सामाजिक विकास गर्ने प्रदेश ५ सरकारको मुख्य लक्ष्यमा पुग्न सघाउन सकिने पनि बताउनुभयो ।

कार्यक्रममासंचारिका समूह प्रदेश सल्लाहकार नारायणी रजौरे, दुर्गा पौडेल, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले तालिमले दिएको दिशानिर्देशबारे

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ४४ बजे

अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रनलाई

बुटवल । बुटवलमा सम्पन्न अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि

पत्रकार महासंघ रूपन्देहीद्वारा पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही माग

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले पत्रकार राधेश्याम विश्वकर्मामाथि

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन