२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

राजधानी सार्ने चलखेल गरिए बुटवलमा आन्दोलन गरिने



बुटवल । प्रदेशको नामाकरण र राजधानीका बिषयमा चलखेल भएको भन्दै बुटवलमा आन्दोलनको तयारी थालिएको छ ।

सरकार गठन भएको २ वर्षमा समेत राजधानी र नामाकरणका बिषयमा प्रदेश सरकारले आलटाल गरेको र राजधानी रुपन्देहीबाट अन्यत्र सार्ने षडयन्त्र गरिएको भन्दै आन्दोलनको तयारी गरिएको बताईएको छ । बुटवल स्थित जिवराज आश्रीत प्रतिष्ठानको कार्यालयमा भेला भएका रुपन्देहीका पेशागत संघ संस्थाका प्रमुख एर्व प्रतिनिधिहरुको भेलाले चलखेल गरिए आन्दोलन गर्न तयारी रहने निर्णय समेत गरेको छ ।

बरिष्ठ पत्रकार डि आर घिमीरेको सहजिकरणमा भएको भेलाले निकट भबिश्यमा प्रदेशसमा साबिक लुम्बिनी अञ्चल र यस आसपासका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा अर्को भेला गर्ने र आवश्यक परे सडक आन्दोलन समेत गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाका केहि सभासदहरु समेतको उपस्थितीमा भएको भेलामा रुपन्देहीका सबै दल निकट उद्योगी, ब्यवसायी तथा पेशागत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिती रहेको थियो । प्रदेशसभामा नेकपा सभासद भोज प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ र तुलसी चौधरी नेपाली कांग्रेसका सभासद रमा अर्याल र संघिय समाजबादी पार्टीका सभासद सन्तोष पाण्डेको समेत भेलामा उपस्थिती रहेको थियो । भेलामा सहभागिहरुले प्रदेशसभामा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सभासदहरुले बलियो प्रतिनिधित्व गर्न नसकेको भन्दै सभासदहरुको आलोचना गरेका थिए ।

उनीहरुले बिगतमा अखण्ड प्रदेशका लागि गरिएको आन्दोलनको स्मरण गर्दै चलखेल गरिए फेरी त्यस्तै आन्दोलन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा चलखेल कस्ले गरेको भन्ने बिषयमा भने खुलासा गरिएन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४० बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग