१ बैशाख २०८२, सोमबार | April 15, 2025

प्रदेशका सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ : मन्त्री पौडेल



बुटवल । प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षा गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । यसको लागि प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले पहल गर्ने बताउनुभयो ।

संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो–‘खाद्य सुरक्षाको लागि उपभोक्ताहरुले खाने वानीमा सुधार ल्याउन जरुरी रहेको छ । ’ अहिले पनि नेपालीहरुको बानी विहान साझ खाना नै खानुपर्ने त्यसमापनि भात नै खानुपर्ने बानीको विकास भएको भन्दै उहाले यसको लागि खानाका अन्य परिकारहरुमा विविधिकरण गरी यसमा ध्यान दिनको लागि समेत आग्रह गर्नुभयो ।

खानाको लागि भातको अलवा गहुँ, रोटी, मकै, फापर लगायतका अन्य खाद्यान्नको रुपमा प्रयोग गरिने बस्तु सेवन गरेमा खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाई रहेको छ । खासगरी उपभोक्ताको खाने आनी बानिमा परिर्वतन ल्याउँदा वित्तीकै उत्पादन भएको खाद्यान्नेले बर्षभरी नै पुग्ने उहाको भनाई छ ।
खाद्य सुरक्षामा सबैले ध्यान दिन सकेमा यसले सबैको हित गर्ने भन्दै मन्त्री पौडेलले अन्य प्रदेश भन्दा प्रदेश ५ खाद्यान्न उत्पादनमा अगाडी रहेको समेत जानकारी दिनुभयो । उत्पादन भएको खाद्यान्न र जनसंख्याको अनुपातलाई दिएर खाद्यान्नको सुरक्षाको अवस्था पत्ता लाईने भन्दै मन्त्री पौडेलले सबैको साथ र सहयोग भएमा पक्कै पनि प्रदेश ५ पुर्णरुपमा आत्मनिर्भर हुने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले खाद्य सुरक्षाको अवस्था भनेको प्रदेश सबै कुरामा सक्षम भएको अवस्था रहेको भन्दै यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । सबै कुरा गएर अन्तीममा खाद्य सुरक्षा नै मुख्य विषय हुने गरेको भन्दै यसमा प्रदेश सरकारले योजनाद्ध विकासको क्रममा यि विषयहरु समेटिएको जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ , पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलपाको विषयमा विश्व खाद्य कार्यक्रममा चन्द्र बहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै खाद्य अधिकार, खाद्य संम्प्रभुता, दिगो विकास लक्ष्य तथा कृषि विकास रणनीतिको सन्र्दभवमा राष्ट्रिय योजना आयोगक खड्क राज राईले प्रस्तुती करण गर्नुभएको थियो ।

यस्तै संघीय कृषि मन्त्रालयका राम कृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका का सचिव डा. राधा वाग्ले, विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : २८ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु