२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

‘जस लिन दुई घण्टा बोल्ने प्रधानमन्त्री सेक्युरिटी प्रेसबारे किन बोल्दैनन् ?’



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटनालगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्रकुमार केसीले पूर्वसञ्चारमन्त्री बाँस्कोटा संलग्न भएको भनिएको ७० करोड रुपैयाँ कमिसनलगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको अडियो सामग्रीबारे जवाफदेही नभएको भन्दै उहाले आक्रोश पोख्नुभयो ।

उहाले भन्नुभयो, ‘आफ्ना जस लिन २/२ घण्टा रोस्टम कब्जा गर्ने प्रधानमन्त्रीजी आज यत्रो ठूलो काण्डैकाण्ड मच्चिँदा उहाले जवाफ दिनुपर्ने कि नपर्ने ?’

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्वसञ्चारमन्त्री बाँस्कोटा र विजय मिश्रबीच ७० करोडको भ्रष्टाचारसम्बन्धी अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्यतथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ५३ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको