१ बैशाख २०८२, सोमबार | April 15, 2025

राजपाद्वारा आज पनि संसद बैठक अवरूद्ध



राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको छ।

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरूमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए।

गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए। लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए।

आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गरे।

उनले भने, ‘यो सरकार संसदबाट बनेको हो कि होइन थाहै हुँदैन । यो संसद मातहत सरकार हो कि होइन ?संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठूलो हो। संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिले सम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौं। हामीले संसद अवरोध गर्छौं।’

यसैबीच १० मिनेटका लागि स्थगित भएको संसद यो समाचार तयार पार्दासम्म पनि सुरू हुन सकेको छैन ।

संघीय संसद भवनमा अहिले बैठक सञ्चालन गर्ने बारेमा सहमतिको प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : ५३ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु