८ बैशाख २०८२, सोमबार | April 21, 2025

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग



अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्।

आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका हुन्।

१५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले आफूहरूलाई स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरूद्ध धर्ना, विरोध प्रदर्शन गर्दै आएका छन्।

उनीहरूले आफूहरूको माग सम्बोधन नगरे सरकारविरूद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।

नेपालमा हाल करिब ४० हजार अस्थायी शिक्षक रहेका छन्। उनीहरूले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका हुन्।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५२ बजे

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश

वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन

दानव नदीमा डुबेर तीन बालक बेपत्ता

भैरहवा । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका

गर्भनर नियुक्ति प्रकरण मुद्दा : आजपनि हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा