२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

आँखामा जलविन्दु हुने कारण



जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ ।

परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न सक्छ । कुनै समयमा आँखामा हुने जलविन्दु थाहा नहुन पनि सक्छ । एक्कासि आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ । त्यसैले समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । आँखामा देखा पर्ने सानातिना समस्याको चाँडै उपचार गराउनुपर्छ ।

जलविन्दु हुँदा आँखाको भित्री भाग बढ्छ । स्वस्थ मानिसको आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ हुन्छ । कहिलेकाहीँ आँखाको भित्री भागमा रहेको तरल पदार्थको उत्पादन मात्रा बढी हुने हुन्छ । यस्तो वेला आँखामा प्रेसर बढ्छ । अनि बिस्तारै आँखा कमजोर हुन थाल्छ ।

आँखाको बढ्दो चापले दृष्टिसम्बन्धी स्नायु निर्माण गर्ने रेसाहरूलाई बिस्तारै बिगार्दै लैजाने गरेको पाइन्छ । हामीले जथाभावी प्रयोग गर्ने औषधिले पनि आँखामा जलविन्दु हुन सक्छ ।

कसरी बच्ने ?
जलविन्दु भएको समयमै पत्ता लाग्यो भने यसलाई केही घटाउन र दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ । आँखाको शल्यक्रिया गरेर पनि जलविन्दुको उपचार गर्न सकिन्छ । जलविन्दुको समस्याबाट छुटकारा पाउन समय–समयमा आँखा परीक्षण गराउनुपर्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : २१ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने