२३ भदौ २०८१, आइतबार | September 8, 2024

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने



प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिँदैछन्।

पाखरेल फागुन ३ गते मुख्य मन्त्रीमा चयन भएका थिए। आज दिउँसो १ बजे लागि डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्ताव पेश गर्ने प्रमुख कार्यतालिका रहेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए।

प्रदेश नम्बर ५ मा कुल ८७ सांसद छन्।

एमालेका ४१ र माओवादीका २० गरी वाम गठबन्धनको पक्षमा ६१ सांसद् छन्। नेपाली कांग्रेसका जम्मा १९ सांसद छन्। मुख्यमन्त्री पोखरेललाई ५ सांसद् रहेको संघीय समाजवादी फोरम र १ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेमा उनको पक्षमा दुईतिहाई बहुमत पुग्ने देखिएको छ।

४४ मत भएमा पोखरेलको पक्षमा बहुमत ठहर्ने छ। किनकी मुख्य मन्त्रीको पक्षमा ६७ मत पुग्ने वाम गठबन्धनको दाबी छ। प्रदेश ५ मा एकजना समानुपातिक सांसदले भने अझै सपथ खाएका छैनन्। आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टीका सांसद्ले सपथ नलिएका हुन्।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । त्यसैलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले निर्वाचित भएको २४ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुईवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले व्यवस्था गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएकै दिन शंकर पोखरेल प्रदेश नम्बर ५ मा मुख्य मन्त्रीमा चयन गरिएका थिए। आज फेरि संयोगले उनीहरू दुबैको सपथ पनि एकैदिन हुँदैछ ।

यसअघि फागनु १३ गतेका लागि संसद बैठक डाकिएको भएपनि संसदले काम (विजनेस) नपाउँदा बैठक आजका लागि सारिएको थियो ।

२० दिनको अन्तरालमा आज बस्न लागेको संसद बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको थियो।

यसअघि माघ ७ गते प्रदेश सभामा सांसद्हरूको सपथपछि बसेको एमाले प्रदेश ५ संसदीय दलको पहिलो बैठकले दाङको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट निर्वाचित पोखरेललाई निर्विरोध रूपमा दलको नेता चुनेको थियो। नेपालका सात प्रदेशमध्ये पोखरेल सबैभन्दा पहिले प्रदेश दलको नेतामा सर्वसहमतिमा चयन भएका थिए।

दलको नेता चुनिएका पोखरेल फागुन ३ गते प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसको दोस्रो दिन तीन सदस्य मन्त्रीमण्डल बनेको भएपनि अझै प्रदेश नम्बर ५ मा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन।

प्रदेश नम्बर ५ मा रोल्पाबाट निर्वाचित माओवादी नेता कुलप्रसाद केसी कानूनमन्त्री छन्। यो प्रदेशमा दाङका पोखरेल मुख्यमन्त्री, नवलपरासीबाट निर्वाचित एमालेका नेता बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा रहेका छन्। उनी प्रदेश प्रवक्ता पनि हुन्।

आज विश्वासको मत लिए पनि प्रदेश नम्बर ५ को सरकारले भने चैतमा मात्रै पूर्णता पाउने संभावना रहेको एकजना सांसदले सेतोपाटीलाई बताए। अन्य केही प्रदेशहरूमा स्थायी राजधानी र प्रदेशको नामको टुङ्गो लागिसकेको भए पनि प्रदेश नम्बर ५ मा अझै त्यो विषयले प्रवेश पाएको छैन।

केही दिन अघि मात्रै प्रदेश सरकारले प्रदेशको लोगो बनाउन सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट लोगो तयार पारेर दिनेलाई २५ हजार रुपैयाँ दिने सूचना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : ३४ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,