१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

निषेधाज्ञाले छोएन सेयर बजारलाई, १२.७७ अंकले बढेको बजारमा १ अर्ब १० करोड भन्दा माथिको कारोबार



काठमाडौं । निषेधाज्ञा तोड्दै सेयर बजार आइतबार १२.७७ अंकले बढेको छ ।

निषेधाज्ञामा पनि बढेको सेयर बजारमा १ अर्ब १० करोड भन्दा माथिको कारेबार भएको छ । आइतबारको कारोबारमा लगानीकर्ता बिमा समुहमा आकर्षित हुँदा बजार बढेको हो । बाणिज्य बैंकको सुचक पनि सामान्य रुपमा बढेको छ ।

आइतबार नेको इन्स्योरेन्सको सर्बाधिक १४ करोड भन्दा माथिको कारोबार भएको छ । यस्तै शिवम सिमेन्टको पनि ७ करोड भन्दा माथिको कारोबार भएको छ ।  नेपाल पूर्नबिमा कम्पनीको ६ करोड भन्दा माथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड भन्दा माथिको कारेबार भएको छ ।

बीमा क्षेत्रका कम्पनीहरुले यस आर्थिक वर्षमा कमाएको नाफाबाट छिटै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता ती कम्पनीका सेयरमा आकर्षित भएका हुन ।

अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२ दशमलव ७७ बिन्दुले बढेर एक हजार ४१० दशमलव ३४ मा पुगेको छ । यस्तै कारोबार पनि आइतबार एक अर्ब माथि भएको छ ।

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २ दशमलव ५६, जलविद्युत् १ दशमलव ३८ र सामूहिक लगानी कोष ० दशमलव ०३ ले घटेको छ । यस्तै बैंकिङ ४ दशमलव ८, होटल २३ दशमलव ९४, विकास बैंक ७ दशमलव ९३, वित्त ६ दशमलव ०३, निर्जीवन बीमा २३३ दशमलव २२, उत्पादन ८८ दशमलव २३, अन्य ४ दशमलव १४, लघुवित्त २३ दशमलव ६१ र जीवन बीमा १७३ दशमलव ८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो ।

यस्तै, शिवम् सिमेन्ट सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९ दशमलव ७७, नेको इन्स्योरेन्स ७ दशमलव २४, तारागाउँ रिजेन्सी होटल ६ दशमलव ५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६ दशमलव ३७ प्रतिशतले कमाए ।

पञ्चकन्या माइ हाइड्रो पावर ३ दशमलव ७०, यूनियन हाइड्रोपावर ३ दशमलव २८, साधना लघुवित्त २ दशमलव ७२, साञ्जेन जलविद्युत कम्पनी २ दशमलव १९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ०४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ३ : ३१ बजे

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन् – ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा

कुलमानको रिट निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा दायर रिट दर्ता

राजन कसजुको नेतृत्वमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष