काठमाडौं । नेपाल विरुद्ध बारम्बार भड्काउपूर्ण अभिव्यक्ति दिने भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फेरि एकपटक नेपाल र नेपालीको स्वाभिमानमाथि प्रहार गरेका छन् । भारतको एक टेलिभिजन न्यूज सर्भिसलाई गत बुधबार दिएको अन्तर्वार्तामा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशका मुख्यमन्त्री योगीले नेपालले आफ्नो सीमा निर्धारण गर्दा भविष्यको ख्याल गरोस, अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने जस्तो चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्…