निशाको घुम्टोबाट मुक्त भएकी धरणी ।पूर्व क्षितिजबाट रातो घुम्टो ओढेर उदाएकी उषा । प्रभातकालीन वाटिकामा पुष्पहरु जुर्मुराएका थिए । विहानैदेखि उमङ्ग रङ्गिएको पौडेल परिवारको आँगन । सबैभन्दा बढी रङ्गिएका थिए,तिलप्रसाद दम्पत्ति । अहिले, दिवाकर,आकाशको मध्यभागमा पुगेर यौवनपूर्ण थिए । पण्डितहरुले जुराएको प्रस्थानको उत्तम साइत । दुलहा भेषमा सजिएर घोडामा बसको पन्द्र बर्षे कुलप्रसाद पौडेलको जन्ती…