काठमाडौं । वामपन्थी लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह(अवरोह लेखेका छन्। कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए। ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो। समाजमा इमानदार…