दुनियाँ आज कोरोनाबाट आक्रान्त बनिरहेको छ। उद्गमस्थल चीनको वुहान मानिए पनि यसको संक्रमण मानवमा कसरी भयो भन्ने मतैक्यता पाइँदैन । अध्ययन हुँदै जाला, निष्कर्षहरु बिस्तारै निकालिएलान् । कोरोना संक्रमणले महामारीको रुप धारण गरिसकेको छ । अधिकाशं देशहरू यसको चपेटामा परिसकेका छन् । उद्गमस्थल चिनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ भने शक्तिशाली मुलुकहरू यो लडाइँमा…