नेपाली सेनाका एकजना अधिकृत राजेन्द्र थापाले आफ्नो कार्यकाल सकाएर फर्कने क्रममा कवितामार्फत भनेका थिए “सुर्य पनि अस्ताउन मात्र आउँछ, सुदुर पश्चिममा” । सदियौं कालदेखि राजधानी काठमाडौंले विकास छुट्याउँदा सुदुर पश्चिमलाई बचेकुचेको विकास प्रवाह गर्ने गर्दछ । अधिकांस सरकारी खर्च अन्यत्र गर्दै शेष बचेको केहि रकम मात्र सुदुरपश्चिम पुग्ने गरेको इतिहास लामो छ नेपाली सन्दर्भमा ।…