हिलाम्य हरित बर्षाबाट नुहाएर अख्रिएकी शारदी आमाले धरणीलाई सौरभित बनाएकी छन् । पुष्पराजको घर आँगन, वहुरंङ्गी पुष्पहरुको सौन्दर्य र वासना पिएर आनन्द विभोर हुन्थ्यो,विगतका सालहरुमा । तर उनको घर आगनले यसपाली पोहोर सालको जस्तो रङ्गिलो भेष धारण गर्न पाएका छैनन् । न त परिवारलाई आङमा नयाँ लुगा नै फेर्ने फेराउने मन गरेका छन् । न…