मेरो रङ्गिन बाल्यकाल । स्कूल छुट्टीको दिनमा हामी ज्यामिर खोलीमा, एकापसमा बाल जलक्रीडाको आनन्द विनिमय गरिरहेका थियौं,प्रकृतिसंग ।। एकदिन, ढकने गाउँबाट टुँ.उँ ऊँ..गर्दै उल्टो शंङखध्वनी र टिनिकुटी टिनिकुटी गर्दै दमाहाको पछिपछि “बाटा”े भनिने काठमा सेतो कपडा हल्लाउदै राम नाम लेखेको पहेँलो पिताम्बरले ओढाएको लास आइपुग्यो, थोरै मलामीका साथ । उही ज्यामिरखोलीमा दाह संस्कार गर्ने गरी…