धरणीमा शुक्लपक्षीय चन्द्रमाको साम्राज्य बाँकी नै थियो । पूर्वबाट चियाउने लाली उषा क्षितिजको गर्भमै थिइन् । सडक वत्तीमा मिसिएको चन्द्ररश्मि सडकभरि छापिएको थियो । कुन्नी र झिङगुरको हातमा जागिरको नित्य कर्म लामो झाडु । दुबैजना आफनो र अर्काको हाँगो समातिएका हँसिला,रसिला गफहरु फुक्दै प्रार्िरम्भक विहानीको फुर्सदिलो सडकमा एकछेउबाट झाडु मच्चाउदै आइरहेका थिए । कन्टिनरको नजिक…