सयौं वैज्ञानिकहरुले कोरोना भाइसको संक्रमण हावाबाट समेत फैलिन सक्ने भन्दै चेतावनी दिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट मानिसहरु संक्रमित हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् । वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठनलाई अहिलेसम्म संगठनले कोरोनाका बिरामीसँग जोडिएको दिशानिर्देशलाई संशोधन गर्दै हावाबाट समेत कोरोना सर्न सक्ने नयाँ निर्देशन जारी गर्न सुझाव दिएका छन्…