१० मंसिर २०८१, सोमबार | November 25, 2024

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

काभ्रेपलाञ्चोक । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक यस सङ्ग्रहालयमा अवलोकन गर्ने जनाइएको छ । ऐतिहासिक सहर पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्र सङ्ग्रहालय हो ।…