३१ भदौ २०८१, सोमबार | September 17, 2024

विकासको पर्खाइमा रामग्राम स्तुप, लुम्बिनी विकास कोष लुम्बिनीमै मात्र सीमित

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ७ उजैनी गाँउ नजिकै माटोको एक ठूलो ढिस्कोे छ, यसलाई रामग्रामस्तुप भनिन्छ । आजदेखि करिब दुई हजार पाँच सय वर्ष पुरानो तथा ईसापूर्व पाँचसय पुरानो यो स्तुप कोलिया गणराज्यका तत्कालीन राजाद्वारा निर्माण गरिएको विद्धान डा कौशलेन्द्र श्रीवास्तव बताउँछन् । बुद्धको जन्मस्थल लुम्बिनी जस्तै महत्व बोकेको रामग्रामस्तुपा विकासको प्रर्खाइमा छ…