८ मंसिर २०८१, शनिबार | November 23, 2024

विधिपूर्वक मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीका भित्री सहर सहित देशभरका नेवाः समुदायले मनाएका छन् । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन् । यसका साथै नेवार समुदायको बाहुल्यता रहेका सहर बजारमा पनि यो पर्व मनाइन्छ…