२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

पुरै टोल क्यान्सर पीडित, अढाइ वर्षमा २६ जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको तीनवटा टोलमा क्यान्सर प्रकोपको रुपमा फैलिएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनवटै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् ।…