काठमाडौं । विश्वविद्यालयका १२ जना पूर्व उपकुलपतिले प्रधानमन्त्री र मन्त्रीहरुलाई पदीय मर्यादामा बस्न आग्रह गरेका छन् । पूर्वउपकुलपतिले मंगलबार सामुहिक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री र मन्त्रीहरुलाई विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न आग्रह गरेका छन् । उनीहरुले विश्वविद्यालय र चिकित्साशिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधिअनुसार काम गर्न दिन सरकारसँग माग गरेका छन्…