बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोमबार १० महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा १६ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, ओमसतियामा २ र कोटहिमाईमा १…