१० मंसिर २०८१, सोमबार | November 25, 2024

दादुराको प्रकोप फैलिएको नेपालगन्ज जाँदै स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए । मन्त्रीसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदै छन् ।…