काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाइप्रोफाइलहरुले कोरोना भाइरस रिमुभिङ कार्ड घाँटीमा झुण्डयाएकोमा आश्चर्य व्यक्त गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउने बरु मानव स्वास्थ्यलाई नै गम्भीरु असर पर्ने चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी…