खजुरा । संस्थागत बिद्यालयहरुको संगठन बाँके प्याब्सनले आफ्नो स्थापनाको ३४ औं स्थापना दिवस बिबिध कार्यक्रमहरु गरेर मनाएको छ । बाँकेको खजुरामा आयोजित स्थापना दिवसको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले उदघाटन गरे । स्थापना दिवस समारोहको उदघाटन गर्दै मन्त्री तिमिल्सेनाले राजश्व आम्दानीको स्रोत रेमिट्यान्स र संस्थागत बिद्यालय भएपनि राज्यले संस्थागत…