बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु अख्तियारको नियन्त्रणमा परेका हुन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव लोध र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर ५ स्थित सेन्चुरी बैंकबाट रंगेहात…