काठमाडौं । काठमाडौ उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ । भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले…