काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए। प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए। घटनासम्बन्धी विस्तृत विवरण…