जोमसोम । विश्वभरीका हिन्दुहरुको धार्मिक अस्थाका प्रतिक मुक्तिनाथ मन्दिर नजिकै १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगेर राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको…