१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो ।