नेपालगन्ज । बाँकेमा आफैलाई अपहरण गरिएको खबर दिएर प्रहरीलाई दौडधुप गराउने एकजना विरुद्ध उपद्रवको मुद्दा चलाईएको छ । आफु अपहरणमा परेको नाटक गर्दै प्रहरी सहित साथीहरुलाई भ्रमित पार्ने भरत तिवारीलाई प्रहरीले उपद्रवको मुद्दा चलाएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय तिवारीले आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएर मुक्त गराउन…