चितवन । रत्ननगर नगरपालिका-६ मा रु दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ को लागतमा प्रहरीचौकी भवन निर्माण भएको छ । नवनिर्मित तीनतले भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गरे । त्यस अवसरमा उनले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।…