काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरू फेरि सडकमा निकाल्ने भएको छ । सैनिकहरूका लागि चालक सीप अभिवृद्धि गर्ने उद्देश्यले बख्तरबन्द गाडीहरूको अभ्यास सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ । काठमाडौंको सीतापाइलास्थित गण र उपत्यकाबाहिर इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा गुल्महरूले बख्तरबन्द गाडीको अभ्यास सञ्चालन गर्दैछन् । स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा…