२९ पुस २०८१, सोमबार | January 13, 2025

मानव वेचबिखनमा संलग्न भएको आरोपमा एकजना पक्राउ

कास्की । मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका-८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा…