९ मंसिर २०८१, आइतबार | November 25, 2024

नेपालगन्जमा प्रहरी र व्यापारीबीच झडप, निषेधाज्ञामा पनि पसल खोल्न पाउनुपर्ने माग

नेपालगन्ज । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न…