रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले लक्षणसहितका सङ्क्रमित बिरामीको…