कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको प्रहरी जवान पदको लिखित परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन गरी हस्ताक्षर कृते गरी परीक्षा दिनेहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको…