बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका छन् । २०७४ सालमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारमा केसी आन्तरिक मामिला मन्त्री थिए भने बराल सामाजिक विकास मन्त्री रहेका…