बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनमा दिएसँगै नयाँ सरकार बन्ने तयारी शुरु भएको छ । नयाँ सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी आज साँझ सम्ममा मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने उनको क्याबिनेटमा पठाउने मन्त्रीहरुको नाम छान्न नेताहरु सक्रिय भएका छन् । आज (बिहीबार) साँझसम्म सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुने नेताहरुले बताएका छन् ।…