बुटवल । विकास निर्माणको काम सम्पन्न गर्न स्थानीय तह असार महिना कुरेर बस्ने गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । गांउपालिका महासंघले लुम्बिनी प्रदेशका स्थानीय सरकारका प्रमुख र उप प्रमुखहरुका बीच आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले साउन देखि जेठ महिना सम्म काम नगर्ने र असार लागेपछि बजेट सक्न हतार गर्ने प्रबृत्तिले स्थानीयतहले गरेको काम गुणस्तरिय नहुने…