जनकपुरधाम । मधेश प्रदेश सभामा लामो समदेखि रिक्त रहेका तीन वटा विषयगत समितिको सभापति चयन गरिएको छ । मंगलबार भएको निर्वाचनमा सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव…