बुटवल । रुपन्देहीका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्राधिकरणले जबर्जस्ती ट्रंकलाइन भिडाएर उपभोग गर्दै नगरेको विद्युत महशुल तिराउन खोजेको भन्दै उद्योगीहरुले आन्दोलनको चेतावनी दिएका हुन् । रुपन्देही उद्योग संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूहरुले माग नगरेको र कुनै जानकारी नदिई २०७२ सालदेखिको बक्यौता भन्दै एक्कासी २०७६ मा बिल…