१२ मंसिर २०८१, बुधबार | November 27, 2024

लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तिरण गौतम नियुक्त

दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदले सदस्य पदमा नियुक्त गरेको गौतमलाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरिएको हो । बैठकले नियुक्त गरेको ३ जना सदस्यहरु मध्यबाट परिषदको अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन्…