३१ भदौ २०८१, सोमबार | September 17, 2024

मौसम जानकारी : नेपालमा मनसुन भित्रियो, गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन् । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो । अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ…